Techie IT
बुधबार, माघ २,२०८१

चीनले उत्पादन गरेको बिजुली लैजानेमा भारतको ‘रिजर्भेसन’ छः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले उत्पादन गरेको बिजुली किन्ने कुरामा भारतको ‘रिजर्भेसन’ रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बिजुली उत्पादनमा सबै स्वतन्त्र रहेको बताए।

‘दीर्घकालीन विद्युत व्यापार परियोजनामा भारतीय कम्पनीले मात्रै बनाएको लैजाने भन्ने हैन,’ प्रधानमन्त्री दाहालले भने, ‘विद्युत उत्पादनमा सबै स्वतन्त्र छन्। यद्यपी चीन सरकारले प्रत्यक्ष लगानी गरेको आयोजना लिनेमा भारत सरकारको रिजर्भेसन छ। चीन सरकारले भनिदिनु भएन, ग्लोबल टेन्डरबाट भन्नुपर्यो भनेर चीनले भनिरहेको छ। हामीले छलफल गरिरहेका छौं।’

गत पुस १९ गते नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार बिजुली निर्यात गर्न सक्नेगरी विद्युत व्यापार सम्झौता भएको थियो।

उक्त सम्झौतामा भारतले नेपालबाट विद्युत निर्यात गर्ने मोडालिटीमा स्पष्ट नभएको भन्दै प्रश्न उठेको थियो। बुधबार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय कम्पनीले उत्पादन गरेको मात्रै बिजुली भारतले लैजाने भन्ने कुरामा सत्यता नभएको बताए।

‘नेपालमा उत्पादन भएको बिजुली लैजाने भनिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यद्यपी चीन सरकारले प्रत्यक्ष लगानी गरेको आयोजना लिनेमा भारत सरकारको रिजर्भेसन छ।’

उनले ग्लोबल टेन्डरबाट चिनियाँ कम्पनीले विद्युत उत्पापदन गरेको छ भने त्यसलाई चीनले उत्पादन गरेको भनेर नबुझिदिन भारतीय पक्षलाई कन्भिन्स गराउने पक्षमा आफूहरू रहेको बताए।


क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #पुष्पकमल दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545