Techie IT
आईतबार, वैशाख ७,२०८२

मतादाता नामावलीमा नाम नभएपछि एमालेले बदल्यो मधेसमा उम्मेदवार


नेकपा एमालेले मधेश प्रदेशबाट राष्ट्रिय सभाका एक जना उम्मेदवार परिवर्तन गरेको छ।

महोत्तरीका अर्जुन सिंहको उम्मेदवारी दर्ता नहुने भएपछि उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

‘मतदाता नमावलीमा उहाँको नाम नदेखिएपछि विजेताजीलाई उम्मेदवार बनाउने निर्णय भएको हो,’ एमाले नेता सरोज यादवले भने।

मतदाता नामावलीमा नाम नरहेको भनी शंका लागेपछि एमाले नेताहरूसहित सिंह जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका थिए। त्यहाँ मतादाता नमावालीमा नाम नरहेकाले उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले उनलाई फर्काइदिएको हो।

नयाँ उम्मेदवार बनेकी झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन्।


क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##मतादाता नामावली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545