सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र औपचारिक निर्णय : क्यान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गते सजाय निर्धारण भएपछि मात्र सन्दीप लामिछानेबारे आफ्नो औपचारिक निर्णय गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा क्यानद्वारा आयोजित सन् २०२४ को वार्षीक क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यानका सचिव पारस खड्काले सन्दीपको सजाय निर्धारण भएपछि मात्र उनको भविश्यलाई लिएर औपचारिक निर्णय लिने जानकारी दिएका हुन् ।
उनले भने,‘हामीले कानुनी परामर्श गरेका थियौं । सन्दीपजीका कानुन व्यवसायीसँग कुराकानी गर्दा क्यानले अहिले आधिकारिक वक्तब्य निकाल्नुभन्दा पहिला पुस २५ गतेसम्म कुरौं भन्ने सल्लाह भयो । अध्यक्ष ज्यूसँग पनि त्यही सल्लाह भएको छ । त्यसैले पुस २५ पछि मात्र सन्दिपजीको भविश्यलाई लिएर संघले निर्णय गर्छ ।’ काठमाडौं जिल्ला अदालतले पुस २५ गते मात्र सन्दीपमाथि हुने कैद सजायबारे जानकारी दिंदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking new, ##सन्दीप लामिछाने#पारस खड्का
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्