राष्ट्रियसभाका सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक बिहीबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले पनि सिट मागेपछि सत्ता गठबन्धन दल एमालेलाई समेत साथै लिएर अघि बढ्न तयार भएका छन् ।
बुधबार बसेको बैठकमा नीतिगत समझदारी भएपनि सिट संख्यामा टुंगो नलागेपछि बिहीबार फेरि छलफल गर्ने गरी बुधबारको बैठक सकिएको थियो ।
एमालेलाई कति सिट दिने भन्ने विषयमा गठबन्धनमा प्रश्न उठेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसबारे एमाले र गठबन्धन दुवैसँग पटक पटक छलफल गरेर समझदारी बनाएपनि सिट संख्याबारे सहमति भएको छैन ।
बुधबार साँझ बसेको गठबन्धनको बैठकमा नेताहरूले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव के हो भनेर सोधेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले त्यसबारे थप छलफल गर्नुपर्ने बताएपछि बैठकले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव लिएर आउन आग्रह गरेको थियो ।
बिहीबार विहान दाहालले एमाले नेताहरूसँग छलफल गर्ने र त्यसपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच हुने नेताहरूले बताएका छन् ।
११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि आगामी सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##Hotnews #राष्ट्रियसभाका सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्