वीरगन्जबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी चालकसहित ३३ जना घाइते भएको र तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको डिएसी खाँणले जानकारी दिए।
घाइतेमध्ये १४ जना भारतीय नागरिक छन्।
घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।
भारत घर भई पोखरा बस्दै आएक २२ वर्षीय राजकुमार पण्डित, ५० वर्षीय कमरूल मुस्किल, ३० वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहम्मद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, ४० वर्षीय करूण सेख, ३५ वर्षीय थरजन गैठी, २० वर्षीय ईरसाद गैठी छन्।
त्यस्तै पर्साको कालिकामाई गाउँपलिका-१ का २३ वर्षीय जितेश यादव, पर्साको बहुदरमाई नगरपालिका-८ घर भएका २९ वर्षीय निवास साह र २९ वर्षीय बिजेष पटेल, पर्साको धोबिनी गाउँपालिकाऔ-५ का २९ वर्षीय राम निवास साह र २९ वर्षीय विजेश पटेल लगायत छन्।
क्याटेगोरी : समाचार
ट्याग : ## तनहुँमा बस दुर्घटना, ##breaking news
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्