कोशी प्रदेशका स्वास्थ्य स्वयंसेविकाहरुलाई पाँच हजार प्रोत्साहन भत्ता

विराटनगर । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन् ।
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेटमा स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो ।
यसैगरी सरकारले जिल्ला र प्रदेशस्तरमा स्वयंसेविकाहरुलाई पुरस्कृत गर्ने योजना पनि बनाएको छ ।
नेपाल महिला स्वास्थ्य स्वयंसेविका संघ कोशी इन्चार्ज रत्ना रिजालले प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता र पुरस्कृत गर्ने व्यवस्थाले आफूहरु उत्साहित भएको बताइन् ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेकोमा उनले धन्यवाद दिइन् । यसले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
संघकी केन्द्रीय सचिवसमेत रहेकी झापाकी महिला स्वास्थ्य स्वयंसेविका विमला प्रसाईंले प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयंसेविका महिलाले गर्भधारण गरेदेखि बच्चा हुर्कुञ्जेल स्वयंसेवा गर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइदिएको बताइन् ।
मुख्यमन्त्रीकार्कीले कोशीका १४ वटा जिल्लामा एक–एक जना र प्रदेशभरिबाट एकजना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने बताए ।
कोरोना महामारीका बेला समेत घरघर पुगेर पीडितलाई हेर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रोत्साहन गर्ने नीति ल्याइएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##कोशी प्रदेशका स्वास्थ्य स्वयंसेविकाहरुलाई पाँच हजार प्रोत्साहन भत्ता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्