Techie IT
आईतबार, वैशाख ७,२०८२

अरुण बरुण सहकारीको अध्यक्षमा कटुवाल सर्वसम्मत निर्वाचित


खांदबारी – संखुवासभाको सदरमुकाम खाँदबारीमा केन्द्रीय कार्यालय रहेको अरुणबरुण बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा दोस्रो पटक इश्वरकाजी कटुवाल सर्वसम्मत निर्वाचीत भएका छन् ।

निर्वाचित पछि सफत लिदै अध्यक्ष ईश्वर काजी कटुवाल र उपाध्यक्ष जनक पौडेली ।

मंगलबार खाँदबारीमा आयोजित चौथो साधारणसभाबाट अध्यक्ष पदमा कटुवाल सर्वसम्मत निर्वाचीत भएका हुन् । समितिको उपाध्यक्षमा जनक पौडेली, सचिव दिपेन शाक्य र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन भने ७ सदस्यीय सदस्यहरु प्रजिना शाक्य, निर्मला गुरुङ, सुमन गौतम, रोहित कार्की, सन्तोष खत्री, सन्देश ओझा र उत्तम दाहाल दाहाल चयन भएका छन् ।

अरुणबरुण सहकारी संस्थाको केन्द्रीय कार्यालय खाँदबारी र तुम्लिङटारमा समेत शाखा कार्यालय स्थापना गरि कारोबार भइरहेको छ । संस्थाले यो बर्षमात्रै ३ करोड ६५ लाख रुपैया बराबरको कारोबार गरेको छ भने संस्थाले १० लाख रुपैया नाफा कमाएको अध्यक्ष इश्वरकाजी कटुवालले बताए ।

अरुणबरुण सहकारीले सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ । विश्वभर कोरोनाबाट भयावह भएको समयमा अरुणबरुण सहकारीले खाँदबारीको क्वारेन्टाइनमा रहेका बिरामीलाई लक्षित गरि खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेका थिए । अन्य समयमा समेत विभिन्न सामाजिक कामहरु समेत गर्दैआएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अरुण बरुण सहकारी खाँदबारी, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545