खोज, अनुसन्धान र प्रशिक्षणकालागि प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र काठमाडौं विश्वविद्यालयबीच चिकित्सा शिक्षा र अन्य विषयहरूमा खोज, अनुसन्धान र प्रशिक्षण कार्यकालागि सम्झौता भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.भोला थापाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षरपछि प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै अब विश्वविद्यालयसँगको सहकार्यले थप उचाइ मिल्ने बताए । सम्झौताले दुवै पक्षबीच एक आपसमा रहेको ज्ञान र अनुभवका साथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रमहरूमा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको उनले बताए ।
उपकुलपति थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेशनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । उनले प्रहरीसँगको सहकार्यलाई थप अगाडि बढाउँदै लैजाने बताए ।
सो सम्झौता पाँच वर्षकालागि लागू हुनेछ । सम्झौता अनुसार अब दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, एकअर्काको शैक्षिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवद्र्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकताहरूलाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमहरूको विकास र कार्यान्वयनका सम्भावनाहरू अन्वेषण गर्ने उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अनुसन्धान र प्रशिक्षणकालागि प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता, #खोज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्