Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रतिकित्ता २०६ रुपैयाँमा हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?


बुधबारदेखि सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ करोड कित्ता सेयर सर्वसाधारण समूहमा जारी हुनेछ । त्यसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545