स्मार्ट लाइसेन्स माघ १ गतेदेखि छाप्न सुरु गरिने

काठमाडौं : लामो समयदेखि रोकिएको स्मार्ट सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छाप्ने काम माघ १ गतेदेखि सुरु हुने भएको छ ।
करिब १२ लाख स्मार्ट लाइसेन्स छाप्नका लागि ठेक्का पाएको जर्मन कम्पनी म्युहलबाअरले कार्ड पठाउने भएसँगै स्मार्ट लाइसेन्स छापिने भएको हो ।यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले माघ १ गतेदेखि दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी भइरहेको बताएका छन् । पुस ४ गते (डिसेम्बर २० मा) म्युहलबाअरले कार्ड प्याक गरी ढुवानी गर्ने तय भएको छ । त्यसको केही दिनमा कार्ड नेपाल आइपुग्ने र त्यसपछि ‘ल्याब टेस्ट’ गरेर माघ एक गतेदेखि नियमित प्रिन्टिङ सुरु हुने विभागले जनाएको छ
विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले दैनिक १० हजार वटा स्मार्ट लाइसेन्स कार्ड छापिएमा यस वर्ष (२०८०) भित्रै छाप्न बाँकी सबै कार्ड छापीसक्ने बताएका छन् । हाल १२ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ । जर्मन कम्पनी म्युहलबाअरले पहिलो चरणमा डिसेम्बर २० मा ६ लाख कार्ड पठाउने र त्यसको ४५ दिनपछि थप ६ लाख कार्ड पठाउने तयारी रहेको विभागका महानिर्देशक रिजालले बताए ।
प्रिन्टिङ मेसिन खरिदका लागि चाँडै नै टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए । उक्त प्रिन्टर खरिद गर्न चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमै १० करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ । हाल चालु अवस्थामा रहेको स्मार्ट लाइसेन्स प्रिन्टरबाट दैनिक चार हजारदेखि चार हजार ५०० सम्म कार्ड छाप्न सकिने विभागका निर्देशक ईश्वरीदत्त पनेरुले बताएका छन्
हालसम्म विभागले ३४ लाखभन्दा बढी स्मार्ट लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइसकेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्