५महिनामा ८२ किलो सुन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार गेट बाहिरबाट गत साउन ३ मा ६० किलो सुन बरामद गरिएको थियो । राजस्व अनुसन्धान विभागले बरामद गरेको सो सुनबारे अहिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले छानबिन गरिरहेको छ ।
६० किलो सुन बरामद भएको ५ महिना पुग्दै छ । यो अवधिमा भन्सार कार्यालय र प्रहरीले विमानस्थलबाट थप दुई पटक ठुलो परिमाणमा तस्करीको सुन बरामद गरेका छन् । मङ्सिर २१ गते राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डे आफैँ विमानस्थलको एप्रोन एरियामा पुगेर गोरखाका चन्द्र्र घलेलाई नियन्त्रणमा लिए । दुबईबाट आएका ४५ वर्षीय घलेले ज्याकेटमा लुकाएर ल्याएको अवस्थामा १४ किलो सुन भेटियो ।
शनिबार राति विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका सरिफ मोहम्मद लासिम पक्राउ परे । दुबईबाट काठमाडौँ ओर्लिएका उनलाई भन्सार एरिया पार गरिसकेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले बताए । दुई दिनमा मात्र साढे २० किलो तस्करीको सुन विमानस्थलमा आएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्