शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, ६ जना पक्राउ

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२ स्थित झुलेमा भरुवा बन्दुकले लागेर एक युवकको मृत्यु भएको छ ।
झुलेका स्थानीय २० वर्षीय सन्जीव सार्कीको जङ्गलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुकले लागेर मृत्यु भएको हो । गएराति डाँडाबारी जङ्गलमा सार्की सहित ७ जनाको टोली शिकार खेल्न गएका थिए । सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । छर्राले लागेपछि सार्कीलाई तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याइएको थियो ।
आज बिहान ३ बजे अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखाका प्रहरी, प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी दिपक खड्काले जानकारी दिनुभयो । सार्कीसँगै शिकार खेल्न गएका तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय संजिव पोख्रेल, तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको डिएसपी खड्काले बताउनुभयो
क्याटेगोरी : समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्