Techie IT
शुक्रबार, वैशाख ५,२०८२

समृद्धिका लागि संकल्प यात्रा : आज डडेल्धुरा र डोटीमा एमालेको सभा


काठमाडौं, १५ मंसिर । नेकपा (एमाले)को मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ विशेष अभियानअन्तर्गत आज डडेल्धुरा र डोटीमा सभा हुँदैछन् ।

अभियानको दोस्रो दिन एमालेले डडेल्धुराको बसपार्क र डोटीको सिलगढीमा सन्देश सभा गर्न लागेको हो ।

डडेलधुराको सन्देश सभा अगाडि जिल्लाको सबैभन्दा माथिल्लो भाग अमरगढी जाने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले जनाकारी दिए । आज बिहान १०ः०० बजे अमरगढी जाने, त्यसपछि बसपार्कमा सन्देश सभा गरेर डोटीको यात्रामा निस्कने उनले जानकारी दिए । उनका अनुसार बाटोमा स्थानीय सर्वसाधारण, शिक्षक, विद्यार्थी, सरोकारवाला पक्ष लगायतसँग छलफल अन्तरक्रिया हुनेछ ।

दिउँसो डोटीको सिलगढीमा सभाको आयोजना हुनेछ । त्यसपछि नेताहरू आज दिपायलमा बास बस्ने सचिव चन्दले जानकारी दिए । उनका अनुसार शनिबार बिहान अछाम जाने तय भएको छ ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० किलोमिटरको यात्रा हिँड्ने जानकारी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले डडेल्धुरादेखि डोटीसम्म ७० किलोमिटर दूरी हिँड्ने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘आज यात्राको दोस्रो दिन अमरगढी, सकाली, गोपघाट, राजपुर चोक, दिपायल हुँदै ७० किलोमिटर दूरी पार गरेर सिलगढी पुग्ने छौँ । यात्रामा भेटौँ है!’

बिहीबार अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए । एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । एमालेले एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो पनि सुन्ने भएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545