Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वरमा झ्यालको सिसा फोडेर सुन , चाँदी सहित सात लाख रुपैयाँ बराबरको चोरी


काठमाडौँ । काठमाडौँको तारकेश्वरको एक घरमा सुनचाँदीसहितको धनमाल चोरी भएको छ ।

तारकेश्वर नगरपालिका-६ पैयुटार बस्ने कुमार श्रेष्ठको घरमा कोही नभएको अवस्थामा झ्यालको सिसा फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना, ल्यापटप र मोबाइल समेत गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545