Techie IT
सोमबार, वैशाख ८,२०८२

व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा, आजदेखि तीनकुनेमा जम्मा हुन उर्दी


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । आजबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरे ।

उनले भने, ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’

प्रसाईंले भोलिबाट जनसहभागिता दोब्बर हुने दाबी गरे । अब आफू नै देशको प्रतिपक्ष भएको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्गा प्रसाईं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545