Techie IT
शनिबार, वैशाख ६,२०८२

दुर्गा प्रसाईंको कार्यक्रमले काठमाडौं फोहोर मात्र हुन्छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताएका छन् । शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए । अध्यक्ष ओलीले भने,‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545