Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेले बोलायो विशेष बैठक


काठमाडौं । नेकपा एमालेले भोलि (शनिबार)का लागि विशेष बैठक बोलाएको छ ।

भोलि मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकिएको हो । बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमासमेत छलफल हुनेछ ।

युवा संघले आगामी मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545