Techie IT
शनिबार, वैशाख ६,२०८२

फिफा विश्वकप छनोट : आज नेपालले यूएईसँगै प्रतिस्पर्धा गर्दै


३० कात्तिक, काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पराजित गरेको नेपालले आज छनोटको दोस्रो चरणमा यूएईको सामना गर्न लागेको हो ।

लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २–१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेलआज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #hot, #फिफा विश्वकपको एसियाली छनोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545