Techie IT
शनिबार, वैशाख ६,२०८२

राष्ट्रपतिले बहिनी शारदा र चन्दाबाट टीका लगाउने


काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु हुने भएको छ ।

राष्ट्रपति पौडेलले भोलि बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिनुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/म्ह: पूजा गरी मनाइँदै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545