Techie IT
बुधबार, माघ २३,२०८१

मध्यरातमा संखुवासभाको खांदबारीमा आगलागी

एक घर जलेर नष्ट


खांदबारी – संखुवासभा सदरमुकाम खाँदबारीमा आइतबार मध्यराति आगलागी भएको छ।

खाँदबारी नगरपालिका–१ नेपाली सेनाको गुल्मभन्दा तलपट्टिको घरमा आगलागी भएको हो।

स्थानीय लीला राईको घरमा आगलागी भएको हो। आगोबाट उनको घर पुर्णरुपमा नष्ट भएको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रहरी संखुवासभाका सहायक निरीक्षक तुलसीराम राईका अनुसार आगलागीबाट घर ध्वस्त भए पनि मानवीय क्षति भएको छैन।

घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेका छन् भने नगद ३१ हजार रुपैयाँ पनि जलेको घरधनी राईले बताएका छन्। र, उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्‍याएको छ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #आगलागीबाट धनमाल जलेर नष्ट, #खादबारी, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545