Techie IT
शुक्रबार, चैत्र २८,२०८१

तिहार फूल टिप्न व्यस्त भक्तपुरका किसान


भक्तपुर । भक्तपुर गुण्डुका  किसानहरू तिहारका लागि मखमली फूल टिपेर  बेच्ने कामको लगभग अन्त्यतिर आइपुगेका छन् ।

भदौ महिनाबाटै मखमली टिपेर माला उनेर बेच्दै आएका यहाँका प्रत्येक घरमा धेरथोर फूल रोपेकै पाइन्छ । उनीहरूले मखमली माला प्रतिगोटा २० देखि ३० रुपैयाँसम्म बेच्छन् । माला लिन व्यापारीहरू घरमै आउँछन् ।

यहाँ फूलबाट उनेका माला देशका विभिन्न भागका साथै अमेरिका, अस्ट्रेलिया र जापानलगायतका मुलुकमा समेत पुग्ने गर्छ ।  भाइटीकाका दिन दिदीबहिनीले भाइटीका गरेपछि लगाइदिने कहिल्यै नओइल्याउने मखमली फूलको मालाले दाजुभाइ दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउँछ भन्ने मान्यता छ ।

 


क्याटेगोरी : समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545