अभिनेत्री तथा मोडल दीपाशा विसीको निधन

अभिनेत्री तथा मोडल दीपाशा विसी ‘जलपरी’ को निधन भएको छ । उनको आज काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
बुधबार राती विष सेवन गरेर सिकिस्त भएकी उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले आज बिहान मृत घोषित गरेको हो ।
सुर्खेतमा जन्मिएकी २८ वर्षीया दीपाशाले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।
उनले लोकगीतका म्युजिक भिडियोमा धेरै अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्ममा ‘बिरानो माया, छाल, झेली, दुलही रानी’ लगायत रहेका छन् ।
‘जलपरी’ नामले समेत चर्चित उनले २०६८ सालमा फिल्म ‘दुलही रानी’ बाट फिल्ममा डेब्यू गरेकी थिइन् ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्