Techie IT
शनिबार, वैशाख ६,२०८२

अरिङगालको टोकाइबाट एक महिलाको मृत्यु


साँफेबगर । अछाममा अरिङगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । चौरपाटी गाउँपालिका वडा नं।४ पायल खेतालीगाउँ अछामकी २९ वर्षीया सरस्वती देउकरको अरिङगालको टोकाइबाट मृत्यु भएको हो ।

घर नजिकै घाँस काट्ने क्रममा अरिङगालको गोलाले टोकेपछि उनी चिच्याएकी थिइन् । उनी चिच्याएको थाहा पाएपछि घर परिवार र छिमेकीहरूले बयालपाटा अस्पताल पुर्‍याए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।

मृतक देउकरका १० महिने दुधे बालक सहित ३ वटा नाबालक बच्चाहरू रहेका छन् । घरको सम्पूर्ण जिम्मेवारी बोकिरहेकी देउकरका श्रीमान् भर्खरै कामको सिलसिलामा मलेसियामा हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545