Techie IT
आईतबार, वैशाख ७,२०८२

तीन महिनामा माण्डु हाइड्रोपावरको नाफा १२ करोड ७२ लाख


२२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माण्डु हाइड्रोपावरले १२ करोड ७२ लाख खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा १३.३ प्रतिशत बढेको हो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको छ भने मर्मत संभार खर्च घटेको छ, जसले गर्दा नाफामा टेवा पुगेको देखिन्छ ।

कम्पनीले विद्युत् बिक्रीबाट गत वर्षको पहिलो त्रैमासमा २४ करोड ४० लाख आम्दानी गरेकोमा यो वर्षको पहिलो त्रैमासमा २५ करोड १० लाख आम्दानी गरेको छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५५ पैसा छ ।

मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३१ रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ, मंसिर १५ गते कम्पनीको साधारणसभा बस्दैछ भने मंसिर ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545