Techie IT
शुक्रबार, चैत्र २८,२०८१

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक


काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले यसअघि मंसिरको १३ देखि १५ गनेसम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बतउनुभयो । उहाँले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताउनुभयो ।

नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545