Techie IT
शनिबार, वैशाख ६,२०८२

भूकम्प पीडितको सहयोगमा कुनै कमी हुँदैन : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी नहुने बताउनुभएको छ ।

आइतबार विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै जाजरकोट पुग्नु भएका मन्त्री श्रेष्ठले उद्धार, राहत तथा उपचारको अवस्थाबारे जानकारी लिनु भएको थियो । उहाँले सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर प्रभावकारी रुपमा परिचालित हुन निर्देशन दिनुभयो ।

श्रेष्ठले उद्धारको काम लगभग सकिएकाले अब राहत, बसोबास, खानपिन र उपचारमा केन्द्रित हुनु जरुरी रहेको पनि बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नारायणकाजी श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545