Techie IT
आईतबार, वैशाख ७,२०८२

भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको पनि मृत्यु


काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।

५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।

 

भूकम्पमा परेर गम्भीर घाइते भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

सिंह राती ११ः४७ मा गएको भूकम्पमा भत्केको संरचनामा परेर गम्भीर घाइते भएकी थिइन्।

उहाको निधन भएको जानकारी पाएको नलगाड नगरपालिका वडा नं २ का वडाध्यक्ष पुर्णबहादुर खत्रीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545