Techie IT
शुक्रबार, वैशाख ५,२०८२

टी–२० विश्वकप क्रिकेट एसिया छनोटको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै


काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले शुक्रबार संयुक्त अरव इमिरेट्स ९यूएई०सँग खेल्दैछ ।

यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । दुबै देशको टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे शुरु हुनेछ । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर आएको छ । नेपाललाई फाइनल प्रवेशका लागि मात्र नभई यो खेल विश्वकपमा छनोट हुन समेत महत्वपूर्ण हुनेछ ।

सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को २०२४मा हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ । छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण हुनेछ ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #टी–२० विश्वकप क्रिकेट एसिया छनोटको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545