बर्दियामा हात्तीहरूको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन

बाँके । हात्तीहरूको स्वास्थ्य जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीहरूको स्वास्थ्य जाँचका लागि बिहीबारबाट सुरु भएको शिविर आज शुक्रवारसम्म चल्नेछ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा शिविर आयोजना गरिएको हो । पालुवा हात्तीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र उपचार गर्ने उद्देश्यले हात्ती स्वास्थ्य शिविर सुरु गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
शिविरमा ठाकुरद्वारास्थित निकुञ्ज हात्तीसारमा रहेका १३ वटा हात्तीहरूको स्वास्थ्य परीक्षण गरिने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य शिविरमा हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउनेलगायत अन्य चेकजाँचका कार्यहरू हुनेछ । यस पटकदेखि प्रत्येक हात्तीलाई रेबिज र टिटानस विरुद्धको खोप पनि दिइनेछ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले पालुवा हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार हात्तीको स्वास्थ्य अवस्था कस्तो छ, शरीरमा पौष्टिक तत्त्वको अवस्था के छ, अन्य कुनै रोग छ कि छैन भन्ने बुझ्न र उपचार गर्न शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा एउटा हात्तीको परीक्षणका लागि करिब एक घण्टा समय लाग्ने र चिकित्सकसहित दुई जना प्राविधिक (टेक्निसियन) लाग्ने वरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्