बढ्दो राजनीतिक चुनौतीबारे सबै दलको संयुक्त अपील आउँदैछ : प्रधानमन्त्री प्रचण्ड

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय देशमा बढ्दै राजनीतिक चुनौतीको समाधान गर्न सबै प्रमुख पार्टीको संयुक्त अपील आउने बताउनुभएको छ ।
बिहीबार बुटवलमा आम्दा अस्पतालको २५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले देखिएको राजनीतिक चुनौतीका विषयमा सबै दलको सामूहिक चासो रहेको प्रष्ट पार्नुभयो । ‘बढ्दै गएको राजनीतिक चुनौतीका बारेमा अहिलेको व्यवस्थामा रहेका सबै दलबीच गम्भीर छलफल भएको छ, संविधानमाथि, गणतन्त्रमाथि प्रश्न उठाउने हक छैन, एक दुई दिन भित्रमा सबै दलको संयुक्त अपील गर्ने तयारी छौँ’ दाहालले भन्नुभयो ।
उहाँले यो विषयमा सामूहिक र अलग अलग रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र अहिलेको व्यवस्था मान्ने सबै दलका प्रमुख व्यक्तिसँग छलफल भएको जनाउनुभयो । त्यस प्रकारको चुनौती कसले कसरी गर्यो भन्ने बारे नखुलाउँदै उहाँले यस्तो चुनौतीको चलखेल अहिलेको व्यवस्थामाथिकै प्रहार भएकाले सामूहिक प्रतिवाद गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्ययोजना ल्याउने तयारी गरेको जानकारी दिनुभयो । आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै कुराहरू सुधारउन्मूख भएको बताउँदै उहाँले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो– ‘आर्थिक क्षेत्रमा सरोकार राख्ने सबै पक्षसँग विशेष कुराकानी भएको छ, केही दिनमा नयाँ सन्देश आउने गरी तयारी गरेका छौँ ।’
दाहालले सरकारको लगातारको प्रयासले बैङ्कको ब्याजदरसमेत बिस्तारै घटिरहेको उल्लेख गर्नुभयो। बैङ्कको ब्याजदरलाई सकेसम्म सिङ्गल डिजिट नभएर १० प्रतिशतभन्दा कम नै राख्ने गरी प्रयास जारी रहेको उहाँको भनाइ थियो । यसैगरी मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै निराशा नहुन आग्रह गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा रेमिट्यान्स बढेको तथा विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको बताउनुभयो ।
यसैगरी पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको, राजश्व वृद्धिको ट्रेन्ड देखापर्दै गएको उहाँले बताउनुभयो । ‘सरकारको निकै मेहनतका साथ यसमा केही सहजता आउँदैछ, घरजग्गामा पनि सुधार आएको छ, यसमा राजनीतिक समझदारी गरेर नयाँ सन्देश दिनेछौँ, यसमा म लागेको छु प्रतिफल आउन केही समय लाग्न सक्छ, तिहारपछि आर्थिक समृद्धिका दीर्घकालीन योजनाहरू ल्याउने गरी लागेका छौँ, भारत, चीन सरकारसँग केही समझदारी भएका छन्, संयुक्त राष्ट्रसङ्घबाट पनि राम्रो सन्देश पाइएको छ’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्