ओमानसँग पराजित हुँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,१६ कार्तिक । आईसीसी टी(२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ रनको झिनो हार बेहोरेको छ ।
त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।
८३ रनमै सात विकेट गुमाएको नेपालले विवेक यादवले खेलमा फर्काउने प्रयाश गरेका थिए । विवेकले अन्तिम ओभरको सुरुवातका ३ बलमा लगातार छक्का हानेर जिततर्फ डाहोरयाएका थिए । तर चौथो बलमा वाउण्डी प्रहार गर्न खाज्दा उनको विकेट जान पुग्यो । उनले समग्रमा २४ बलमा ५ छक्का हान्दै ३९ रन जोडेका थिए ।
विवेकका अलवा नेपालका लागि कुशल भुर्तेलले २६, करण केसीले १५, सन्दीप जोरा, राहित पौडेल र सोमपाल कामीले समान १२ रन जोडेका थिए ।
बलिङतर्फ ओमानका बिल्लान खानले ३ तथा, साकेल अह्मद, र जिसन मक्सुदले समान २ विकेट लिए ।
ओमानसँग हारेसँगै नेपाल समूह उपविजेताबन्दै समेफाइनलमा प्रवेश गरेको छ । नेपालले अब फाइनल प्रवेशका लागि भोलि युएईसँग खेल्नेछ । यूएईलाई हराउन सके नेपाल अर्को वर्ष हुने टी(२० विश्वकपमा छनोट हुनेछ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #ओमानसँग पराजित हुँदै नेपाल सेमिफाइनलमा प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्