Techie IT
शनिबार, वैशाख ६,२०८२

बागमतीमा सुरुङ मार्ग निर्माण चर्चामै सीमित


मकवानपुर । बागमती प्रदेशमा विकास निर्माणका योजनाहरुको चर्चा हुनासाथ सुरुङ मार्गको विषय उठाइन्छ । तर, संघीय संरचना अन्तर्गत पहिलो प्रदेश सरकार गठन भएदेखि नै चर्चा आउने गरेको सुरुङ मार्ग निर्माण अहिलेसम्म चर्चामै सीमित छ ।बागमती प्रदेशमा जति पनि सरकार बने, सबैजसोले सुरुङ मार्ग निर्माणलाई प्राथमिकतामा राखे पनि त्यस अनुरुप योजना निर्माण र पर्याप्त बजेटको व्यवस्था गर्न नसक्दा अहिलेसम्म सुरुङ मार्ग निर्माणमा ठोस प्रगति हुन सकेको छैन । सुरुङ मार्ग निर्माण योजना प्रदेशको गौरवको आयोजनामा समेटिएको छ । पटक पटक नाम परिवर्तन गरेर वा नयाँ योजनाका रुपमा प्रदेश सरकारले सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गर्ने गरेको छ


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545