Techie IT
शनिबार, वैशाख ६,२०८२

आजदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने


काठमाडौं। आजदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने भएका छन् । अब तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुला रहने भएका हुन् ।

गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको हो । जसअनुसार आजदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन् । यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन् ।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गृह मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545