Techie IT
शनिबार, वैशाख ६,२०८२

स्रोत नखुलेको २१ लाख ८७ हजारसहित बालक पक्राउ


 

सुनसरी । मोरङको विराटनगर–६ बाट स्रोत नखुलेको रकम सहित एक बालक पक्राउ परेका छन् ।
प्रहरीले विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा बोकी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैँया नगद २१ लाख ८७ हजार सहित उनलाई पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।
बालकको साथबाट नेपाली रुपैँया १००० दरको १६८७ थान र ५०० दरको १००० थान नगद, बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको एक थान चेकबुक , रन्जित कुमार साहको नाममा रहेको एनआइसी एसियाको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको एक थान चेक, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा१६ लाख ६९ हजार ५ सय रुपैँया जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेका जनाएको छ ।
स्रोत नखुलेको रकम सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545