Techie IT
बिहीबार, माघ २४,२०८१

मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति एमालेले भन्यो : गैरजिम्मेवार अभिव्यक्ति


काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

एमाले संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु हुन लागेको संकेत गरेको भन्दै जनतालाई सचेत हुन अनुरोध गरेको छ ।

दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामाकरण लगायतका ऐतिहासिक विषयहरुमा टुंगो लगाइसकेकोमा त्यसका विरुद्ध मुख्यमन्त्री जम्कट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध गरेको हो ।

एमाले संसदीय दलको बैठकमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुंगेलको विषेश आतिथ्यता रहेको थियो । बैठकमा प्रदेश कमिटीका निवर्तमान अध्यक्ष केशवराज पाण्डे, नवनिर्वाचित उपाध्यक्ष दावा दोर्जे लामा, सचिव नवराज सिलवाल, उपसचिव प्रेम बहादुर महर्जन, उपत्यका विषेश कमिटीका उपसचिव उर्मिला सुनुवार लगायतको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले केही साता अघि एक कार्यक्रममा बागमती प्रदेशको नाम परिवर्तन गरेर नेवा–ताम्सालिङ राख्नुपर्ने र प्रदेशको राजधानी समेत परिवर्तन गर्नुपर्ने अभिव्यक्ति थिए ।

विसं २०७६ पुस २७ गते बसेको प्रदेश सभा बैठकले तत्कालिन प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा  कायम गरेको थियो । प्रदेश सभाले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास गरेको थियो


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##Bearking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Haze
6:46 am5:49 pm +0545