Techie IT
बिहीबार, माघ २४,२०८१

‘कलामा महिला’ नारासहित गायिका सज्जा चौलागाईंले चढिन् जुगल हिमाल


काठमाडौं । ‘कलामा महिला सहभागिता’को सन्देश दिंदै गायिका सज्जा चौलागाईंले ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन् । आरोहीको एक टोलीसहित उनी गत मंगलबार विजयादशमीकै दिनमा चुचुरोमा पुगेकी हुन् ।

चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराउँदै ‘कलामा महिला’ स्लोगन लेखिएको एक ब्यानर पनि प्रस्तुत गरेकी थिइन् । हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छ‘कला कुनै विशेषाधिकार होइन, यो एक अधिकार हो । मानव हुनुको आधारभूत भाग हो । ‘कलामा महिलाहरु’को आरोहण नारासहित सबै महिलाको प्रतिनिधित्व गर्न पाउँदा म धेरै खुसी छु,’ उनले लेखेकी छन् ।

महिलालाई प्रोत्साहन गर्ने आफ्नो सपना देखेको चर्चा गर्दै उनी लेख्छिन्, ‘महिला भएको नाताले मैले सधैं अरू महिलालाई प्रोत्साहन गर्ने र सकेसम्म उनीहरूलाई प्रतिनिधित्व गर्ने सपना देखेको थिएँ र मैले यो गर्ने मौका पाएँ त्यसैले मैले सक्दो प्रयास गरें । यो आरोहण सबै महिलाको लागि हो । म धन्य छु ।’

सज्जाले हिमालय सेपहर्ड नेपालको आरोहण युनिटसँग जुगल हिमाल चढेकी हुन् । गायन रियालिटी शो नेपाल आइडल सिजन ३ की विजेता समेत रहेकी सज्जा पछिल्लो समयकी व्यस्त गायिका हुन् । यसअघि गायक राजु लामाले जलवायु परिवर्तनको सन्देश दिन भन्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ## सज्जा चौलागाईंले, ##Bearking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Haze
6:46 am5:49 pm +0545