नेपालले आज मलेसिया विरुद्ध खेल्दै
काठमाडौं।आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तरगत फाइनलको दोस्रो खेलमा नेपालले आज मलेसिया विरुद्ध खेल्दैछ । समुह एको यो खेल दिउसो साढे १ बजे किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।
लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल आजको खेलमा जित निकाले सेमिफाइनल नजिक पुग्नेछ । आजै कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स यूएई भिड्नेछन् ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित दर्ता गरेको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
सिंगापुर विरुद्ध नेपालका अविनास बोहराले ३ र संदिप लामिछाने, गुलसन झा र करण केसीले समान २-२ विकेट लिए । यसैगरी अर्को खेलमा मलेसियालाई ३२ रनले हराउदै ओमान विजय हुदा समूह बी मा बहराइनलाइ युएइ ५ विकेटले हरायो ।
फाइनलको विजेता र उपविजेता विश्वकप खेल्न छनोट हुनेछन् । आइसिसी टि-२० विश्वकप सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार, खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्