Techie IT
बुधबार, माघ २३,२०८१

नेपाललाई पाँचौं सफलता, सन्दीपले लिए दोस्रो विकेट


काठमाडौँ । नेपालले सिंगापुरविरुद्ध पाँचौं सफलता हासिल गरेको छ । टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिंग गरिरहेको सिंगापुरको पाँचौं विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

यो यस खेलमा सन्दीपको दोस्रो विकेट हो । यसअघि नेपलाका लागि गुलशन झाले २ र करण केसीले एक विकेट लिएका थिए ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।


क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545