Techie IT
शुक्रबार, चैत्र २८,२०८१

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग गर्दै प्रदर्शन


काठमाडौं : संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै मानवअधिकारकर्मीहरुले संसद भवन अगाडि प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै संसद भवन अगाडी प्रदर्शन गरेका हुन्

विभिन्न प्लेकार्डसहित निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । समाजका संस्थापक सभापति कृष्ण पहाडी,सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै समाजले प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी, नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर, पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


क्याटेगोरी : banner, फोटो फिचर, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545