Techie IT
शनिबार, वैशाख ६,२०८२

भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ


काठमाडौं :  २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका भारतीय नागरिकको लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका-१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको आरोप छ।

लुटपाट गरेको जानकारी पाएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको  १२ थान सिमकार्डसहित पक्राउ गरेको हो।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : banner, bannernews, समाचार, समाज
ट्याग : ##braking news


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Drizzle
5:33 am6:31 pm +0545