बाराको सिमरा चोकमा बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

कलैया, १२ कात्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
गएराति चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस मोटरसाइकललाई बचाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा भारतको मोतिहारी बस्ने २७ वर्षीय मुकेश साहको बयोधा हस्पिटल गण्डक पर्सामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कलैया उपमहानगर-२० बस्ने ४५ वर्षीय वीरबहादुर महतो र पर्सा वीरगञ्ज महानगर-८ बस्ने ३० वर्षीय सुरज साह कानु गम्भीर घाइते भएका छन् ।
यसैगरी, दुर्घटनामा वीरगञ्ज महानगर-८ बस्ने १८ वर्षीया प्रीया गुप्ता, १६ वर्षीया मनिषा साह, वीरगञ्ज महानगर-१२ बस्ने सुनिल कुमार गुरुङको छोरी २३ वर्षीया सेजल गुरूङ घाइते भएकी छिन् ।
दुर्घटनामा वीरगञ्ज महानगर-८ बस्ने ५२ वर्षीय ललन चौरसिया, सोही महानगरको १२ बस्ने २७ वर्षीय राजन कुमार गुप्ता, वीरगञ्ज महानगर-८ बस्ने २८ वर्षीय मोहन साह कानु, बारा कलैया उपमहानगर-७ बस्ने १८ वर्षीय प्रसाद गुप्ता, कलैया ७ बस्ने ३५ वर्षीय अविनाश गुप्ता र बस सहचालक जीतपुरसिमरा उपमहानर-२ बस्ने १९ वर्षीय अनिष राई घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको बयोधा हस्पिटलमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । बस चालक फरार रहेको पनि प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##braking news
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्