खांदबारीमा कार्तिक २० देखि आमन्त्रित फुटबल प्रतियोगिता हुने
विजेताले नगद २ लाख पाउने ।

खांदबारीमा कार्तिक २० देखि आमन्त्रित फुटबल प्रतियोगिता हुने
खांदबारी । संखुवासभाको स्थानीय क्लब एड्भान्स क्लव मानेभञ्ज्याङ्गले कार्तिक २० देखि खांदबारीमा आठाैं अरुण भ्याली आमन्त्रित फुटबल प्रतियाेगिता आयोजना गर्ने भएको छ । महेन्द्र माध्यमिक विद्यालयकाे खेलमैदानमा प्रतियाेगिता आयाेजना गरिने भएकाे हाे ।
प्रतियाेगितामा जिल्ला भित्र र बाहिरकाे गरि १२ टिमकाे सहभागिता रहने बताईएकाे छ । खेलमा एड्भान्स क्लब मानेभञ्जयाङ्ग (आयाेजक), लाेहाेरुङ क्लव पाङ्मा, खाँदबारी युथ क्लव खाँदबारी, तुम्लिङटार स्पाेर्टिङ्ग क्लव तुम्लिङटार, मिर्मिरे युवा क्लव तामाफाेक, अरुण एड्भान्स क्लव काठ्माण्डाैंकाे सहभागिता रहनेछ ।
त्यस्तै, सेकाहा सामुदायिक क्लव साेकाहा, सित्तलपाटी फुटबल क्लब सित्तलपाटी, काेसी प्रदेश प्रहरी टिम, तीनपाेखरी समाज विकास क्लव खाँदबारी, पन्चकन्या क्लब धर्मदेबी र सभापाेखरी फुटबल क्लव सभापाेखरीकाे सहभागिता रहनेछ ।
प्रतियाेगिताकाे विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियाेगिहरुलाई उनिहरुकाे उपस्थितिकाे आधारमा ब्यवस्थापन खर्च उपलब्ध गराईने मेदिनी घिमिरेले जानकारी दिनुभयाे ।
यस पटककाे प्रतियाेगितामा दर्शकहरुकाे लागत सहभागिता (टिकट) गराईने एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईले जानकारी दिनुभयाे । खेलमैदान परिषरमा अस्थायी स्टेडियम निर्माण गर्ने र लागत सहभागितामा सहभागि हुनेहरुलाई मात्र प्रवेश गराईले तयारी गरिएकाे अध्यक्ष राईले जानकारी दिनुभयाे । उहाँका अनुसार दर्शकहरुले प्रत्येक दिन टिकट लिनु पर्नेछ । आयाेजनालाई ब्यावसायिक बनाउन यस पटक निम्नतम् मात्र टिकट दर राखिने उहाँले बताउनुभयाे ।
प्रतियाेगिता कार्तिक २५ गते सम्पन्न हुनेछ । प्रतियाेगिताकाे उद्घाटन वा समापन कार्यक्रममा साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिने आयाेजकले जनाएकाे छ ।
क्याटेगोरी : खेलकुद, फोटो फिचर, समाचार
ट्याग : #hot, #अरुण भ्याली, #एडभान्स क्लब, #खेलकुद, #फुटबल प्रतियोगिता, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्