गोर्खाली रग्वी क्लबद्वारा दशैँ शुभकामना आदानप्रदान

ललितपुर – हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै गोर्खाली रग्वी क्लबले बडा दशैं, तिहार, नेपाल संवत तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
क्लवले बिहीबार बगैंचा रेस्टुरेन्ट एन्ड बार जाउलाखेलमा सम्पूर्ण पदाधिकारी , सदस्यहरु लगायत जमघट गराएर शुभकामना आदानप्रदान तथा विभिन्न रचनात्मक भेटघाट, सर्टिफिकेट वितरण, भावी योजना लगाएको बिषयमा छलफल गदै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बिशिस्ट अतिथि , अन्य अतिथि लगाएतको सहभागीहरुले दशैं तथा दीपावलीको अवसरमा नेपाली–नेपालीबीच सदैव आपसी सदभाव, सम्पूर्ण नेपालीहरुको सुख समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरेका थिए ।
चाड पर्वहरुको खुशियाली र महत्त्वलाई कायमै राख्दै तथा आपसी मेलमिलापलाई अझै प्रगाढ बनाउने उदेश्य ले उक्त कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रोहित कार्कीले बताए ।
नेपालमा गोर्खाली रग्वी क्लबले भविष्यमा गाउँ गाउँ देखी सहर सम्म रग्वी खेलको विकासको लागि गोर्खाली रग्वी क्लबले सधै नेपाल रग्वी संघ संग सहकार्य गरेर खेल र खेलाडीको विकासमा निरन्तर लागि रहनेका साथ आउदो जनवरीमा गोर्खाली नेशनल सेभेन प्रतियोगिता आयोजना गर्न लागिएको सचिव प्रेम कोइरालाले जानकारी दिनुभयो ।
नेपाल रग्वी संघको महासचिव गोविन्द घिमिरेको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सल्लाहकारहरू रबिन्द्र श्रेष्ठ ,दिलिप श्रेष्ठ , बिष्णु थापा ,गोबिन्द पाैडेल क्लबका कानुनी सल्लाहकार गोबिन्द राज न्याैपाने कर्णाली रग्वी प्रदेशका अध्यक्ष सुरेन्द्र कुवँर क्लबका उपाध्यक्ष कृष्ण थापा , कोषाध्यक्ष श्रीराम श्रेष्ठ क्लबका पदाधिकारीहरू , खेलाडी ,सदस्यहरु लगायत उपस्थिति थियोे ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्