Techie IT
शनिबार, वैशाख ६,२०८२

चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात


 

काठमाडौं । चीन भ्रमणमा रहनु भएका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।

बुधवार राती छाति दुखेर पेकिङ युनिभर्सिटी हस्पिटल लगिएकोमा उहाँलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । बुधवार राती नै श्रेष्ठको मुटुको एन्जियो प्लास्टी गरिएको उहाँका भतिज शितल श्रेष्ठले जानकारी दिनुभएको छ ।

चिकित्सकले अझै २४ घण्टा अस्पतालको निगरानीमै बस्नुपर्ने बताएका छन् । गृृहमन्त्री श्रेष्ठ अहिले पनि आइसीयुमै रहेको बुझिएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ को तेस्रो सम्मेलनमा सहभागी हुन श्रेष्ठ गत असोज २९ गते चीन जानुभएको हो ।

मंगलवार र बुधवार श्रेष्ठ हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगति छलफलमा सहभागी हुनु भएको थियो । उहाँको स्वास्थ्य अवस्थाको बारेमा विस्तृत विवरण आएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नारायणकाजी श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545