काठमाडौ-तुम्लिङटारको भाडा घटाउन बुद्धएयरलाई ज्ञापनपत्र
निजी हवाई कम्पनी सेवामूलक भन्दापनि नाफामूलक भएको युवाहरुको आरोप
खांदबारी । चार्डपर्वका बेला उडान नथपेको र भाडा नघटाएको भन्दै संखुवासभा खाँदवारीका युवाहरुले बुद्ध एयर तुम्लिङटारमा ज्ञापनपत्र बुझाएका छन् । निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दशै जस्ता चार्डपर्वमा पनि हवाई भाडा नघटाएको र यात्रुको चाप हुँदा पनि उडान नथपेको भन्दै खांदबारी युथ क्लबका युवाहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
बुद्ध एयरको तुम्लिङटार कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनीहरुले निजी हवाई कम्पनी सेवामूलक भन्दापनि नाफामूलक भएको आरोप लगाएका छन् । बुद्ध एयरको एकलौटी उडान भएका कारण यात्रुहरुसंग मनोमानी ढंगले भाडा उठाएको उनीहरुले गुनासो गरेका छन् । दशै जस्तो चार्डपर्वमा पनि बुद्ध एयरले सेवा नदिई व्यापार गरेको खाँदबारी युथ क्लबका महासचिब सुरेन शाक्यले बताउनुभयो ।
बुद्ध एयरले काठमाण्डौ तुम्लिङटार ७२ सिटे जहाजबाट दैनिक उडान भर्दै आएको छ ।
क्याटेगोरी : विशेष, समाचार, समाज
ट्याग : #hot, #खांदबारी युथ क्लब, #बुद्ध एयर, #भाडादर, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्