Techie IT
शुक्रबार, वैशाख ५,२०८२

त्रिकोणात्मक क्रिकेट सिरिज: यूएईविरूद्व नेपालको सानदार जित


काठमाडौं, १ कात्तिक। त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध सानदार जित निकालेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले ।

उनले ४० बलमा ५ चौकाको मदतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाए । कुशल मल्ल ११ रनमा आउट भए । यूएईका अल नासिर र निलांश केसवानीले समान एक एक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । निकै खराब सुरुआत गरेको यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए ।

अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट हात पारे । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट हात पारे ।

टी-ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् । नेपालले सिरिजको दोस्रो खेलमा भोलि हङकङसँग खेल्नेछ ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #यूएईविरूद्व नेपालको सानदार जित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545