माइग्रेन भनेको के हो ?, कारण, लक्षण, रोकथामका उपायहरु

माइग्रेन भनेको के हो ?
माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय समयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ । यो रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ । माइग्रेन जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषहरुको दाँजोमा यो रोग महिलाहरुमा बढी देखा पर्दछ । माइग्रेन बाल्यवस्था वा युवावस्थादेखि नै सुरु हुनसक्छ ।
माइग्रेनका कारणहरु
हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइ सकिएको छैन । तर यसलाई बंशानुगत रोगको रुपमा पनि लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरुको अनुमान रहेको छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रत्तफ्नली र मस्तिष्क वरिपरिका नसाहरु सुन्निन थाल्दछन् ।
अन्य कारणहरु
- बढी मानसिक चिन्ता लिनाले
- चिया र कपिफ् धेरै पिउनाले
- समयमा नसुत्नाले
- गुन्द्रुक, तामा तथा शिशीमा राखिएका पुरानो
- अचारको सेवनले
- बढी मात्रामा दुखाई कम गर्ने औषधिहरु (पेनकिलर) को प्रयोग तसर्थ माथि दिइएका कारणहरुले माइग्रेन हुने सम्भावना बढी हुन्छ ।
माइग्रेनका लक्षणहरु
माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरु बिरामी पिच्छे पफ्रक हुने गर्दछन् । ती मध्ये प्रायः
- टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ र तर करिब एक तिहाई बिरामीमा यो दुखाई टाउकोको दुवै भागमा समेत हुने गर्दछ ।
- टाउकोको कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्दछ ।
- यसमा टाउको टन्टनी दुख्ने, कहिलेकाहिं आँखाका गेडाहरु दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या देखापर्न सक्छ ।
- वाकवाकि लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदि समेत सहन नसक्ने, हात–खुट्टा चिसो हुने आदि समेत हुनसक्छ ।
- टाउको दुखाई बल्भिफ्नु भन्दा अघि कसैकसैमा चिड्चिडापन आउने, निन्द्रा लागेको जस्तो हुने, लगातार हाईहाई आइरहने, थकाई लागेको जस्तो हुने, मिजाजमा एक्कासी परिवर्तन आउने आदि समेत हुन्छ ।
- त्यस्तै टाउको दुखाई सक्किएको करिब २४ घन्टासम्म बिरामीले थकान महसूस गर्ने र मन्द टाउको दुखाई भने भइरहेकै जस्तो महसूस गर्ने गर्दछ ।
माइग्रेन कसरी पत्ता लगाइन्छ
माथि दिइएका लक्षणहरुका आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायमा केही पनि खराबी नदेखिने हुन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पनि खासै पर्दैन । यदि माथि दिएका लक्षणहरु बिरामीको दुखाईसँग मिल्दैनन् भने चिकित्सकले मस्तिष्क सम्बन्धी अन्य कुनै परिक्षण गराउन सक्छन्, जस्तैः एम.आर.आई., सिटी स्क्यान आदि ।
माइग्रेन रोकथामका उपायहरु
माइग्रेनको कुनै निश्चित उपचार नभएता पनि हामी स्वयम्ले तल दिएका उपायहरु अपनायौं भने यसको दुखाईबाट धेरै हदसम्म आपूफ्लाई बचाउन सक्छौं ।
- माइग्रेन क्यापिफ्नले गर्दा बढ्ने भएकोले क्यापिफ्न पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चक्लेट कम मात्रामा खानु राम्रो हुनेछ,
- राति एउटै समयमा सुत्ने बानी बसाउने, –पूरानो शिशीको अचार, गुन्द्रूक, तामा जस्ता खानेकुराहरु नखाने, साथसाथै पिरो कम खाने,
- राम्रा कुरा सोचेर चिन्तालाई मनबाट हटाउन खोज्ने,
- घाममा धेरै नबस्ने, नहिड्ने, यदि घाममा हिड्नु परे छाताको प्रयोग गर्ने,
- दुखाई कम गर्ने औषधि (पेनकिलर)को प्रयोग कम गर्ने किनकि त्यस्ताखाले औषधि सेवन बढी गर्नाले टाउकोको दुखाई एकछिन कम हुन्छ तर पेफ्रि बल्भिफ्न्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्