नेपाली कांग्रेस भिमसेनथापा ३ काठमाण्डौं सम्पर्क समितिद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ऋषि खनाल रितिक / गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका तान्द्राङ थातथलो भई काठमाण्डौंमा बसोबास गर्न नेपाली कांग्रेसमा आस्था राख्ने भिमसेनथापा ३ काठमाण्डौं सम्पर्क समितिले विजया दशमी, शुभ दिपावली,एवं छठ पर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पर्क समितिद्वारा घटस्थापनाको दिन कामना कलेजमा आयोजित उक्त कार्यक्रममा सबैलाई स्वागत गर्दै सम्पर्क समितिको सचिव रुपक लामिछानेले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नु भयो ।
सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस गोरखाका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य माननीय नन्द प्रसाद न्यौपानेले समृद्ध तान्द्राङको विकासका लागि स्थानिय निकायसंग सहकार्य गर्न तत्पर रहेको बताउंदै बर्तमान अवस्थामा आवश्यकतामा रहेको शाखा सडकहरु लाई पक्की बनाउने, संचाई कुलो निर्माण गर्ने, शिक्षा, स्वास्थ्यका क्षेत्रहरुमा र पूर्वाधार विकासका कामहरुलाई तदारुकताका साथ अगाडी बढाउन बडा तथा बडामा रहेका राजनैतिक दलहरुलाई अनुरोध गर्नु भयो ।
सबै नागरिकको समन्वयमा समृद्ध गाँउ बनाउने अभियानमा सबै अगाडि बढ्न अनुरोध गर्दै आगामी २ बर्षमा सबैले अनुभूति गर्ने खालको गाँउ निर्माण हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा उपस्थित नेपाली कांग्रेस गोरखा जल्लिा सदस्य तारा पुडासैनी, रमेश खनाल, गोबिन्द खनाल तथा नेपाली कांग्रेस गोरखा काठमाण्डौं सम्पर्क समितीका सभापति रामकृष्ण सिंखडा, नेपाली कांग्रेस भिमसेनथापा गाँउपालीका सचिव जिवनाथ पुडासैनी, नेपाल शिक्षक संघ काठमाण्डौं महानगरका अध्यक्ष मेध बहादुर बञ्जारा, नेपाली कांग्रेस भिमसेनथापा काठमाण्डौ सम्पर्क समितिका पूर्व उपाध्यक्ष गणेश बञ्जारा, नेपाली कांग्रेस भिमसेनथापा ०३ का सभापति नेत्र पुडासैनी, नेपाली काग्रेसका नेता तारा लामिछाने, नेपाल तरुण दल भिमसेनथापा ०३ का अध्यक्ष धुब्र खनाल लगायतले हिन्दुहरुको महान चाड बडा दशैं,तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा आ आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव रुपक लामिछानेले गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस भिमसेनथापा गाँउपालिका वडा नं ३
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्