नेपाल एयरलाइन्सका सबै जहाजहरू सञ्चालनमा

काठमाडौं। ।नेपाल एयरलाइन्सका सबै जहाजहरू आवश्यक मर्मतपछि सञ्चालनमा आएका छन् । गत केही दिनदेखि नेपाल एयरलाइन्सका जहाजहरूमा प्राविधिक समस्या आएसँगै केही जहाज अल्पकालीन ग्राउन्डेड भएका थिए भने जसका कारण उडानहरू प्रभावित भएका थिए ।
एयरलाइन्सले नियमानुसार आवश्यक मर्मत पश्चात् नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा असोज २९ गतेदेखि सबै जहाजहरू नियमित उडानमा रहेको जनाएको छ । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरूलाई आआफ्नो गन्तव्यमा पुग्न सहज हुने एयरलाइन्सको विश्वास रहेको छ ।
अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रु वर्गमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै एयरलाइन्सले आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान प्रतिबद्धता पनि जनाएको छ ।
यसैबिच कार्यकारी अध्यक्ष युवराज अधिकारीले यस्ता समस्याहरू दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरूलाई कडा निर्देशन दिएका छन् । जहाज ग्राउन्डेड हुनुका कारणहरूबारे स्पष्ट पार्न र कतै कसैको कमी कमजोरी भएमा कडा कारबाही समेत हुने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल एयरलाइन्स
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्