Techie IT
सोमबार, वैशाख ८,२०८२

अर्थतन्त्र लयमा फर्किंदै छ : अर्थमन्त्री महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताउनुभएको छ ।

सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताउनुभयो । उहाँले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #डा प्रकाशशरण महत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545